काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको हो । त्यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको छ ।
राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।
दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जानकारी दिए । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका (रु ५, १०, २०, ५० र रु १०० दरका) र ३९ अर्ब रुपैयाँ बराबर ठुला दरका (रु ५०० र १००० दरका) नोट सटही भएको छ ।
राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयहरूबाट नयाँ नोट सटही गरेको थियो । काठमाडौँको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिएको नेपालले जानकारी दिए । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका गरेका थिए । दशैंभर जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने राष्ट्र बैंकले जनाएकोे छ ।