बलात्कार आरोपपछि विदेशमा लुकेर बसेका क्रिकेटर सन्दीप लामिछानेले प्रहरीमा आफैं उपस्थित हुने जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यहि असोज २० गते नेपाल फर्केर आत्मसमर्पण गर्ने बताएका हुन् ।
एक किशोरीले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएपछि क्यारेबियन लिगका लागि जमैका पुगेका उनी विदेशमै लुकेर बसेका छन्। यसअघि पनि नेपाल फर्केर घटनाको अनुसन्धानमा सहयोग गर्ने बताएका लामिछानेले पुनः नेपाल फर्केर सहयोग गर्ने बताएका हुन् ।
‘ठूलो आशा र शक्तिका साथ म यहि अक्टोबर ६ (असोज २०)मा मेरो देश नेपाल आउनेछु र झुठा आरोपविरुद्ध कानुनी लडाईं लड्नका लागि आत्मसमर्पण गर्दछु,’ उनले लेखेका छन्। आफू निर्दोष रहेको दोहो¥याउँदै उनले न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गरेका छन्।