सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सञ्चालित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भलिबल कप प्रतियोगिताको उपाधि धनुषाले हात पारेको छ । शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा धनुषाले मोरङलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
जितसँगै धनुषाले एक लाख नगदसहित ट्रफि प्राप्त गरेको छ भने उपविजेता मोरङले ५० हजार नगदसहित ट्रफी प्राप्त गरेको छ । वेस्ट अफ फाइभ खेलमध्ये सुरुका दुई/दुई खेल दुवै टिमले जिते पनि पाचौं र अन्तिम खेलमा धनुषाले जित निकाल्दै उपाधि चुमेको हो ।
प्रतियोगिता समाप्तिपछि छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देव,उपाध्यक्ष राजुदेवी यादव, वडा अध्यक्ष, छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुर लगायतले विजेता/उपविजेता टिमलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।