सप्तरी । ४ मंसिरमा हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वातनका लागि आज देशैभर चुनावका लागि मनोनयन अर्थात उम्मेदवारी दर्ता भएका छन् ।
सप्तरी क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी (जपा) अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जयप्रकाश ठाकुरले एउटैै क्षेत्रबाट मनोनयन अर्थात उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार सप्तरी क्षेत्र नं. २ बाट आज दुई जना पार्टी अध्यक्ष सहित ठाकुरले राजविराज स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदबारी दर्ता गराएका हुन् ।
डा. राउत एक्लै चुनाव लड्दा जसपा अध्यक्ष यादव भने नेकपा एमालेसँग तालमेल गरेका छन् । भने लोसपा नेता ठाकुर अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट ९ हजार ४ सय ५७ ल्याएका ठाकुर यसपटक काँग्रेसगठबंधनबाट उम्मेदवारी दिएका हुन् । उपेन्द्र यादवले २०७४ को चुनावमा सप्तरीको निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।