सप्तरी । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसहित विभिन्न पार्टी र स्वतन्त्र गरि १ सय २७ जनाले मनोनयन दर्ता गराएका छ्न् ।
यसैगरी प्रदेश सभा सदस्यतर्फ क्षेत्र नं. १(क) बाट एमाले जसपा गठबन्धनबाट राज कुमार लेखी, सत्तारुढ गठबन्धनबाट अशोक कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम आशिष शर्मा, स्वतन्त्रबाट शम्भु बहादुर खड्का, हेमराज तातेड, १(ख) को प्रदेश सभा सदस्यमा जसपाःएमाले गठबन्धनबाट सुदम्बर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वलदेव साँफी, स्वतन्त्र उम्मेदवारमा रामचन्द्र मण्डल, संतोष कुमार रजकले मनोनयन दर्ता गराएका हुन् ।
सप्तरी निर्वाचन क्षेत्र नं.२(क) बाट एमालेःजसपा गठबन्धनबाट शैलेन्द्र प्रसाद साह, सत्तारुढ गठबन्धनबाट सरोज कुमार मण्डल, जनमत पार्टीबाट सतिश कुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जय नारायण मण्डल, जनता प्रगतिशील पार्टी नेपालबाट सत्यनारायण मुखिया, हाम्रो नेपाली पार्टीबाट कान्हैया कुमार ठाकुर, नेपाल सद्भावना पार्टीबाट गंगा प्रसाद यादव, नेपाली काँग्रेस (बिपि) बाट राम नारायण राय, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कालिचन्द्र राय, नेपाल मजदुर किसान पार्टीबाट विणादेवी यादव, स्वतन्त्रबाट कामेश्वर मण्डल, गिरधर मण्डल, पुनिता कुमारी ठाकुर, धिरेन्द्र कुमार साह,चन्द्रकला सिंहले मनोनयन दर्ता गराए ।
क्षेत्र नं. २(ख) मा सत्तारुढ गठबन्धनबाट उमेश कुमार यादव, एमालेःजसपा गठबन्धनबाट लक्मण यादव, जनमत पार्टीबाट महेश कुमार यादव, नेपाल संघीय समाजवादी पार्टीबाट मो.फरमुद, हाम्रो नेपाली पार्टीबाट खेलानन्द कुमार दास,नेपाली काँग्रेस(विपि) बाट प्रतिमा कुमारी देव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट फुदनलाल खंग, नेपाल मज्दुर किसान पार्टीबाट महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी फलेन्द्र मण्डल, स्वतन्त्रबाट सकुन्तलादेवी यादव,रिंकुदेवी यादव,दुर्गानन्द यादवले मनोनयन दर्ता गराए ।
त्यस्तै क्षेत्र नं.३(क) बाट सत्तारुढ गठबन्धनबाट मो.समिम, एमालेःजसपा गठबन्धनबाट जोगेन्द्र भगत, जनमत पार्टीबाट राम प्रसाद मण्डल राजधोव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम कुमार यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुदेव चौधरी, स्वतन्त्रबाट गनु प्रसाद साह,पप्पु कुमार यादव,संजिव नारायण यादव, महेन्द्र प्रसाद चौधरी, मो। आलम, राजेश कुमार यादव, मो। कादिर, राम कुमार यादव रहेका छ्न् ।
क्षेत्र नं.३(ख) तर्फ जसपाःएमाले गठबन्धनबाट विदेश्वर यादव बिक्की, सत्तारुढ गठबन्धनबाट गजेन्द्र कुमार मण्डल, नेपाली काँग्रेसबाट भगवती प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट डोमनी देवि राम, जनमत पार्टीबाट शम्भु कुमार साह नागरिक उन्मुक्ति पार्टीबाट भुवनेश्वर चौधरी, स्वतन्त्रबाट अरमेन्द्र यादव, राधेश्याम पंडित, श्रीकान्त राउत लगायतका छ्न् ।
यसैगरी क्षेत्र नं.४(क) को एमालेःजसपा गठबन्धनबाट वालकृष्णा चौधरी थारु, सत्ता गठबन्धनबाट गोविन्द बहादुर न्यौपाने, जनमत पार्टीबाट रोशन प्रसाद भगत, नागरिक उन्मुक्ति पार्टीबाट भुबमेश्वर चौधरी थारु लगायतका छ्न् । क्षेत्र नं.४(ख)बाट जसपाः एमाले गठबन्धनबाट अविषेक यादव, सत्तारुढ गठबन्धनबाट इन्द्रदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट भरत कुमार चौधरी थारुले उम्मेदवारी दिएका हुन् ।