सप्तरी । मंसिर ४ गते हुने आम निर्वाचनको समय नजिकिए सँगै उम्मेदवारहरुले घरदैलोसँगै चुनावी सभा, र्यालीमा व्यवस्त छन् ।
घरदैलोमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला अध्यक्ष एवँ सता गठबन्धनबाट प्रदेश सभा सदस्य उम्मेदवार उमेश कुमार यादवले आफ्नो जित सुनिश्चित रहेको बताए । यादवका अुनसार दोस्रो र तेस्रो हुने दाउमा अन्य प्रतिष्पर्धि रहेको सुनाए ।
यादव प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न तयारीमा गरिरहेका वेला सत्ता गठबन्धनको सिट बाँडफाँटमा सप्तरी–२ जसपाको भागमा परेपछि उनले प्रदेश सभामा उम्मेदवार बन्ने निर्णय गरे । र त्यही अनुसार आफ्नो तयारी सुरु गरेको उहाँको भनाई हो ।
आसन्न निर्वाचनमा यादव उम्मेदवार बनेको सप्तरी २ (ख) मा जसपा–एमाले गठबन्धनबाट जसपाका लक्ष्मण यादवले उम्मेदवारी दिएका छन् भने नेपाल संघीय समाजवादी पार्टीबाट मो.फरमुद, जनमत पार्टीबाट महेश प्रसाद यादव छन् ।
भने हाम्रो नेपाली पार्टीबाट खेलानन्द कुमार दास, राप्रपा नेपाल फुदन लाल खङ खत्वे, नेपाल मजदुर किसान पार्टीबाट महादेव प्रसाद चौधरी, राप्रपा, फलेन्द्र मण्डल, नेपाली काँग्रेस (बीपी)बाट प्रतिमा कुमारी देवले उम्मेदवारी दिएका छन् । यादव सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कारण जित नजिक रहेको नागरिक समाजको बुझाई छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश यादवसँग गरिएको कुराकानी तलको लिंकमाः
https://fb.watch/gQCzCggGCn/