सप्तरी। छिन्नमस्ता गाउपालिका उपाध्यक्ष राजु देवि यादवले आफ्नो पालिकालाई भयरहित बाल बिवाह मुक्तका साथै महिला हिंसा मुक्त पालिका बनाउने प्रतिबद्धता जनाएकि छिन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.२ स्थित महुवा विघालयमा समुन्नति कार्यक्रम अन्र्तगत अन्तरपुस्ता सम्वाद कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दे उपाध्यक्ष यादवले यस्तो प्रतिबद्धता जनाएकी हुन् । उँहाले अहिले पनि जिल्लाको ग्रामीण भेगका महिलाहरु धेरैनै पछाडि रहेकोले अब पनि मधेशका महिलाहरु आफ्नो हक अधिकारको लागि एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।
सोहि कार्यक्रममा छिन्नमस्ता गाउँपालिका वडा न.२का वडाअध्यक्ष सिकेन्दर साहले आफ्नो कार्यकालमा स्वास्थ्य चौँकि निर्माण गर्नुका साथै वडालाई महिला हिन्सा लगायतका हिन्सा अन्त्य गर्ने तथा बाल बिवाह नियन्त्रण गर्ने प्रतिबद्दता जनाए ।
सोहि कार्यक्रममा गाउपालिका शिक्षा शाखाका राजदेव खङ्ग , वडासचिव भरत गुप्ता ,सोहि विघालयका प्रअ महेश्वर मण्डल, शिक्षक भुपेन्द साह , स्वास्थ्य चौँकिका श्रवण कुमार साह, सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव , राजिव चौधरी, रुभा मण्डल यादव, मिथिलेश यादव ,सामाजिक परिचालक उमा यादव, विजय मण्डल, सन्जय कुमार मण्डल, शिबु मण्डल लगायतका बक्ताहरुले आआफ्नो मन्तव्य राखेका थिए ।
छिन्नमस्तालाई महिला हिन्सा मुक्तपालिका बनाउनेः उपाध्यक्ष राजुदेविको प्रतिबद्धता
छिन्नमस्तालाई महिला हिन्सा मुक्तपालिका बनाउनेः उपाध्यक्ष राजुदेविको प्रतिबद्धता
तपाईको प्रतिक्रिया