सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जन्मसिद् नागरिकको नागकिता सम्बन्धि समस्याको अन्त्यका लागि जसपालाई जिताउँन आवश्यक रहेको बताएका छन् । त्यस्तै उत्पीडित समुदाय र क्षेत्रमाथि भएको विभेद् असमान्ता विरुद्धको संघर्ष जारी रहेको यादवले बताए ।
विहिबार जसपा–नेकपा एमालेले सप्तरीको राजविराजमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । देशमा व्याप्त महंगी र बेरोजगारी समस्यालाई समाधानका लागि उधोगधन्दा र कलकारखाना स्थापना गर्नुपर्ने यादवको भनाई थियो । जसपा अध्यक्ष यादवले सप्तरीको समग्र विकासका लागि आधार भईसकेकोले पूर्णता पाउनसाथ जिल्लाका हजारौं युवाहरुले रोजगारी पाउने बताए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यरो सदस्य सुमनराज प्याकुरेलले सप्तरी–२ मा नेकपा एमाले–जसपाका साझा उम्मेदवारहरु भारीमतले विजयी हुने दावी गरे । सत्ता गठबन्धनका उम्मेदवार र जनमत पार्टीका अध्यक्षलाई कटाक्ष गर्दै नेता प्याकुरेलले व्यापारी र बैज्ञानिकले जनताको हकमा काम गर्न नसक्ने बताए ।
यो लिंकमाः https://fb.watch/gS0-r7wh4y/