सप्तरी । जनमत पार्टी (जपा) नेपालका अध्यक्ष डा. सिके राउतले मलेठ घट्ना गराउनेहरुलाई यो चुनावमा जनताले साथ नदिन बताएका छन् । त्यस्तै मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सपना साकार गर्नका निम्ति हरण छापमा मतदान गर्न आग्रह समेत गरे ।
विहिबार सप्तरीको राजविराज दसन चैकमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । राउतले आम निर्वाचनमा प्रतिस्पर्धिहरुले जति पैसा बाडेपनि आफुले चुनाव जित्ने दावि समेत गरेका छन् । डरत्रास, धान्धिलि नभए जंगल राज्यको अन्त्य भई जनता राज्य स्थापना हुने बताए ।
आम सभामा हजारौँ जनसहभागिताहरुले राउतको सम्बोधनलाई तालिले स्वागत गरिहेको थिए । र्यालिमा प्रदेश सभा सप्तरी क्षेत्र नं.का उम्मेदवार (ख)महेश यादव र (क)का उम्मेदवार सतिश सिंह पनि जतमतका लागि जनतासँग आग्रह गरेका छन् ।