राजविराज । सप्तरीका एक परिवारलाई काँगे्रसका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । खडक नगरपालिकाका वडा नं. ५ रंजितपुर बस्ने जसपा समर्थक शैलेन्द्र यादवलाई काँगे्रस नेता कार्यकर्ताले घरमै गई कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।
सप्तरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तेजुलाल चौधरीका नेता कार्यकर्ताले हिजो राति अर्थात २ गते शुक्रवार ८ बजे घरमै सुतिरहेको बेला होहल्ला गरी निर्घात पुटपिट गरेका छन् । चौधरीले पठाएका आधा दर्जनको समुहमा रहेको गुण्डाहरुले शैलेन्द्र यादवलाई दलानमा सुतिरहेको अवसर खोजी कुटपिट गरेको पिडित यादवको भनाई छ ।
यादवका अनुसार शुत्रवारको दिन जसपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका बालकिशोर यादव भोट माग्न आएको खवर चौधरीलाई जानकारी भएपछि त्यसै राति ८ बेजे स्थानिय गणेश चौधरीको छोरा सुनित चौधरी भाई राधेश्याम चौधरी लगायतका अधा जर्दन गुण्डाहरुले लाडिभाठाले निर्घात कुटपिट गरेको बताए । यादवका अनुसार तेजुलाल चौधरीको बाहुल्यता रहेको हुनाले आफुलाई नै भोटदिनुपर्ने बताए ।