राजबिराज। आज भएको प्रतिनिधि सभा र प्रदेश सभाको मतदान निर्धारित समयमै सम्पन्न भएको छ । सप्तरीमा विभिन्न स्थानमा समान्य झड्प भएपनि आम निर्वाचन शान्ति पूर्ण रुपमै सम्पन्न भएको छ ।
आज सम्पन्न मतदानमा जिल्ला निर्वाचन कार्यालय सप्तरीको अनुसार सप्तरी जिल्लामा ६२ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोसीले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा तर्फ ४ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ रहेको छ । जसमध्ये समग्रमा ६२ प्रतिशत मत खसेको जोसीले जानकारी दिनु भयो ।
त्यसैगरी जिल्ला भरिका मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन भईरहेको भए पनि मतगणना हुने समय तालिका निकालन अझै केही समय लागने जोसीले जानकारी दिनु भयो ।