सप्तरी । आजबाट छिन्नमस्ता गाउँपालिकाले विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छन् । गाउँपालिकाको सहयोगमा आजबाट निःशुल्क आँखा शिविर स्वास्थ्य चौँकी सखडामा सम्पन्न भएको हो । आज(शुक्रवार) भएको आँखा शिविरमा ४ सय ५० जनाले शिविरबाट लाभ लिएका हुन् ।
आयोजकका अनुसार ४ सय ५० जनाको आँखा चेकजाँच गर्दा २५ जनामा मोतियाविन्द फेलापरेको बताए । त्यस्तै शिविरमा आँखाको विरामीहरुलाई चेकजाँच गरि निशुल्क औँषधि, चस्मा र मोतियाविन्दको आवश्यक उपचारका लागि आँखा हस्पिटर लहान पढाईने बताएका हुन् ।
भोली आँखा शिविर स्वास्थ्य चौकि लोखरममा र ६ नम्वर वडा कार्यलयमा ३ गते विहान ११ बजे देखि ३ बजे सम्म हुने आयोजकले जानकारी दिएका हुुन् ।आँखा शिविरमा हजारौँ व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहररूलाई परामर्श, सरसल्लाह, औषधि र विरामीलाई चस्मा वितरण गरिने आयोजकको भनाई छ । आयोजकका अनुसार आँखा सम्वन्धि विषेशज्ञले विरामीको जाँच गरिरहेको बताएका हुन् ।
शिविरमा उपचार गराएका आँखाका विरामीहरुका अनुसार आप्mनैँ गाँउठाउँमा स्थानिय सरकारले आयोजना गरेको यो शिविरले टाढाको हस्पिटल सम्म जाने समस्याको एउँटा राम्रो निकास भएको बताए । औषधि र जस्मा पाएपछि आँखाका विरामीहरु खुसि हुँदै यो शिविरको थप सेवा लिनलाई आप्mनो छरछिमेकिलाई प्रेरित गर्ने बताए ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष विजय कुमार यादव, गापाका लेखापाल संजय मेहता, ना.सु. अरुण कुमार यादव, शिक्षा संयोजक संतोष राई, ६ नं. वडाका सचिव पंकज यादव, स्वास्थ्य शाखाबाट राजकिशोर गुप्ता र शिविरमा आँखाको वरिष्ठ चिकित्सकहरु लगायतका उपस्थिति रहेको थियो ।