सप्तरी । छिन्नमस्ता गाउँपालिकामा बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण कार्यक्रमसम्पन्न भएको छ । पालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाहरुलाई आईतबार बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण सम्बन्धि अभिमुखीकरण गरिएको हो ।
छिन्नमस्ता गाउँपालिका, सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले आयोजना गरेको सो कार्यक्रमले पालिकाको आगामी बजेट तर्जुमामा बालबालिका केन्द्रित गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
बालबालिका केन्द्रित सार्वजनिक बजेट कार्यक्रमले पालिकालाई बालमैत्री पालिका बनाउन नीति तथा रणनीतिलाई मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
उक्त अभिमुखीकरण कार्यक्रम जनप्रतिनीधि र कर्मचारीहरुलाई जानकारीमुलक सन्देश दिन आयोजना गरिएको सहकार्यमा निश्चित सुचकहरुमा रहेर बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण गर्ने कार्यक्रम रहेको आयोजकको भनाई रहेको छ ।
बालबालिकाबा लागि बजेट बिश्लेषण कार्यक्रमले ९ सदस्य समिति समेट गठन गरेका छन् । समितिको सल्लाहकार गाउँपालिका अध्यक्ष विद्यानन्दचौधरी लगायतका सबै शाखाका प्रमुखहरु रहने सेभ द् सप्तरीका कर्मचारी राजिव चौधरीले बताएका छन् ।
बालमैत्री पालिका बनाउँन अभियानलाई अगाडी बढाई रहेको भेरी नगरपालिकाका लागि उक्त कार्यक्रम निकै महत्वपूर्ण कार्यक्रम रहेको छिन्नमस्ता गाउँपालिकाको बुझाई छ । पालिका प्रमुख विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा आफ्नो भनाई राख्दै चौधरीले बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषणले आगामी बर्षको बजेट तर्जुमा गर्दा बालबालिका, महिला, दलित, अपाङ्गता र जेष्ठ नागरिकमैत्री बनाउन मद्दत पुग्ने भनाई राखेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजु देवी यादव, १ नम्बर वडाका वडा अध्यक्ष ललन यादव, २ नम्बरका वडा अध्यक्ष सिकेन्द्र साह, ३ नम्बर वडा अध्यक्ष विजय यादव, ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुर, ७ का वडा अध्यक्ष अछैलाल यादव लगायत कार्मचारीहरुको उपस्थिति रहेको थियो ।