संघीय संसद नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिँदैछन् । संघीय संसद्मा २७५ जना सांसदहरु रहेका छन् ।
यसमध्ये २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ लिन लागेको संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए ।
धमलाका अनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपालीरमुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिनेछन् ।
सांसदहरूलाई ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् । जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।