सप्तरीको छिन्नमस्ता गाउँपालिका—१ (बरही बिरपुर)मा वडा स्तरीय क्रीकेट प्रतियोगिता सन्चालन भएको छ ।
शनिवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष राजो देवी यादबको विशिष्ट आतिथ्य एवम सोही वडाका वडा अध्यक्ष ललन प्रसाद यादवको अध्यक्षतामा शनिबार प्रतियोगिता संचालन भएको हो ।
उद्घाटन खेल छिन्नमस्ता स्पोर्ट क्लब र बिरपुर राइडर्स बिच भएको थियो । जसमा छिन्नमस्ता स्पोर्ट क्लबले टस जीतेर पहिला ब्याटिङ्ग गर्ने निर्णाय गरेको थियो ।
छिन्नमस्ता स्पोर्ट् क्लबलाई पछि पार्दै बिरपुर राईडर्सले जित हासिल गरेका थिए । त्यस्तै, दोश्रो खेल बरही राईजिङ्ग र छिन्नमस्ता स्पोर्ट क्लब बिच भएको थियो ।