सप्तरी । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउत नेतृत्व जनमत पार्टीले गजेन्द्रनारायण सिंह अस्पताल सुझाव पेटिका राखेका छन् । उनले अस्पताल सुधारको पहिलो कदम भन्दै अस्पतालमा सुझाव पेटिका राखिएको बताएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं.—२(क) र (ख) बाट प्रदेश सभामा सभा सदस्य सतिस सिंह र महेश यादवको संयुक्त उपस्थितिमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा कुनै गुनासो वा सुझाव भए सुझाव पेटिका पत्र राख्न आग्रह गरेका हुन् । सुझाव पेटिकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको नाम तथा जनसम्पर्क नम्बरसमेत उल्लेख गरिएको छ ।
राजविराजमा रहेको उक्त सरकारी अस्पताल पछिल्लो समय रेफर सेन्टरमा सीमित भएको भन्दै अस्पताललाई बचाउने आफ्नो अभियानको पहिलो कदम भएको उनको भनाइ छ । अस्पतालले दिनुपर्ने सेवा दिएन भने फोन सम्पर्क गर्न समेट आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा मार्फत डा. राउतले भने, ‘गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सुधारको पहिलो कदम–जनताको सुझाव र सहयोगबाट नै यो सम्भव हुन सक्छ । रेफर सेन्टरमा सीमित हुन पुगेको अस्पताललाई जोगाऔँ । निःशुल्क पाउनुपर्ने औषधी पनि अस्पतालले बिरामीलाई उपलब्ध गराएन भने त्यो पनि खबर गर्नुहोला ।’
सो जन आवाज तथा सुझाव पेटिका शनिबार अस्पताल अगाडि प्रदेश सभा सदस्य सतिशकुमार सिंह र महेश प्रसाद यादव, नेताकार्यकर्ताको उपस्थितिमा लगाएको छ