काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पदमा बाँडफाँट भएको प्रचण्डले जनाएका छन् । पदाधिकारी बैठकमा प्रचण्डले यस्तो कुराको जानकारी दिएका छन् ।
उनका अनुसार राष्ट्रपति एमालेले लिनेछ भने प्रधानमन्त्री र सभामुखमा आधा आधा कार्यकाल लिने सहमति भएको हो ।
सहमतिअनुसार साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री हुनेछन् भने त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । सभामुख पनि प्रधानमन्त्रीसँगै परिवर्तन हुनेछ ।
प्रचण्ड प्रधानमन्त्री भएका बेला एमालेले सभामुख पाउनेछ भने ओली प्रधानमन्त्री भएका बेला माओवादीले सभामुख पाउने सहमति भएको छ ।