सप्तरी । छिन्नमस्ता गाउँपालिका अध्यक्षसँग भिडियो फोटो जोडेर सामाजिक सञ्जालमा भईरल गरेको प्रति गाउँपालिकामा कार्यरत प्रतिभा यादवले आप्mनो धारण सार्वजनिक गरेका छन् । प्राविधिक यादवले एक प्रेस विज्ञति जारी गर्दै लेखेका छन्, “म यहि समाजको छोरी हुँ, के मेरो इज्जत प्रतिष्ठासँग खेलबाड गर्नु ठिक हो” प्रश्न गर्दै न्यायका लागि सबै पक्षसँग आग्रह गरेकी छन् ।
यादवले विज्ञप्ति जारी गर्दै सो घटनाले आफु विक्षिप्त भएको र मानसिक तनावमा समेत खेपी रहेको बताएकी छिन् । म गाउँपालिकामा कार्यरत कर्मचारी हुँ । हालै मेरो र हाम्रो गाउँपालिकाको अध्यक्ष ज्यूको फोटो जोडेर सामािजक सञ्जालमार्फत सार्वजनिक गरिएको घटनाप्रति ध्यानाकर्षण भएर यो प्रेस विज्ञप्ति जारी गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।
उनले आफ्ना परिवारका अन्य सदस्य र गाउँपालिका अध्यक्ष सामूहिक रुपमै तीर्थयात्रा बाबाधाम जाने बेलामा खिचिएको सो तस्बिर इमेल ह्याक गरेर इडिटिङ गरी सामाजिक सञ्जालमा पोष्ट गरिएको उल्लेख गरेकी छन् । ‘मेरो कुनै किसिमको स्वीकृति नलिई, मसँग कुनै किसिमको सोधपुछ नगरी विभिन्न सामाजिक सञ्जाल र सामाचारमा सार्वजनिक गरिनुले म माथि घोर अन्याय भएको छ । यस किसिमको घटनाले म विक्षिप्त भएको छु । मानसिक तनाबमा छु ।’ विज्ञप्तिमा भनिएको छ ।
उक्त भिडियो सार्वजनिक कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन साइबर क्राइम ब्यूरोमा निवेदन दिएर उपचार खोज्ने काममा लागेको जानकारी गराउँदै उनले न्यायमा पहलको लागि सबै पक्षसँग आग्रह गरेकी हुन् ।