काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ ।
राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचीहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।
जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । चुनावी समीक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुने जसपाले जनाएको छ ।
त्यस्तै बुधबार पार्टीको संसदीय दलको नेतामा नवनिर्वाचित रामसहायप्रसाद यादवनिर्बिरोध निर्वाचित भएका छन् ।