सप्तरी । छिन्नमस्ता गाउँपालिका वडा नं. २ ले विपन्न, दलित, ज्येष्ठ नागरिक तथा एकल महिलाहरूलाई न्यानो ब्लाङकेट वितरण गरेको छ ।
आईतवार वडा नं. २ महुवामा रहेका वडा कार्यलयमा विपन्न, दलित, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई सितलहरबाट राहतहुने उदेश्यले न्यानो ब्लाङकेट वितरण गरेका हुन् । वडा कार्यालयले आयोजना गरेको ब्लाङकेट वितरण पछि ब्लाङकेट पाएका स्थानिय विपन्न, दलित, ज्येष्ठ नागरिक तथा एकल महिलाहरू यो कार्यले सितलहरबाट केहिहद सम्म राहत पाउँने बताएका छन् ।
मधेशमा एक साता देखि चलिरहेको सितलहरका कारण ज्यान समेत गुमाईरहेका घट्नाहरु बाहिरिरहेको बेला न्यानो ब्लाङकेटले राहत पाउनेँ विश्वास गरिएको वडा अध्यक्ष सिकेन्द्र कुमार साहले बताएका छन् ।
साहका अनुसार वडामा रहेको विपन्न, दलित, ज्येष्ठ नागरिक तथा एकल महिलाहरूको जिवन स्तर उकास्नका लागि सक्दो कार्यहरुलाई प्रभावकारी ढंगले गर्ने बताएका हुन् । उक्त कार्यक्रममा जनपद प्रहरी, सशस्त्र प्रहरी, स्थानिय बुद्धिजिवि, भरभलादमी, स्थानिय अगुवाकार्यकर्ता सञ्चारकर्मीको उपस्थिति रहको थियो ।