प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठक १ बजेका लागि सरेको छ ।
बिहान ११ बजे बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिने भनिएको कांग्रेस संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा नआइपुग्दा बस्न नसकेको हो । प्रधानमन्त्री प्रचण्डले सोमवार देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए ।