सप्तरी । छिन्नमस्ता गाउँपालिकाका अपाङ्गहरुले ब्लाङकेट पाएका छन् । गाउँपालिकाको आयोजनामा आजबाट सुरुभएको ब्लाङ्गकेट वितरण कार्य सबै अपाङ्गहरुले पाए पछि सम्महुने आयोजकले बताएका हुन् ।
पालिकाले आयोजना गरेको ब्लाङकेट वितरण कार्यक्रमले स्थानिय विपन्न, दलित, शारीरिक रुपमा असक्षम भएका ज्येष्ठ नागरिकले यो कार्यले चिसो र सितलहरबाट राहत पाउँने बताएका छन् ।
मधेशमा एक साता देखि चलिरहेको सितलहरका कारण चिसोले कठंग्रिएर रहेको अवस्था छ । यस्तो अवस्थामा न्यानो ब्लाङकेटले राहत पाउनेँ उपाध्यक्ष राजुदेवि यादवले को भनाई छ । यादवका अनुसार ब्लाङकेट वितरणका कार्य सुरुमा सातै वडका विपन्न, दलित, ज्येष्ठ नागरिक तथा एकल महिलाबाट गरिएको हो ।
उपाध्यक्षका अनुसार हामीले योजना बनाउँने क्रममै पूर्व अनुमान लगाई यो आर्थिक वर्षको बजेटमा यो कार्यक्रको व्यवस्थापन गरेका हौँ, त्यस अनुसार नै कार्य भईरहेको बताएका छन् । उक्त कार्यक्रममा ६ नं. वडा अध्यक्ष कपलेश्वर साह, सहायक अधिकृत अरुण कुमार यादव, गाँपा कर्मचारी, स्वास्थ्य कर्मी, जनपद प्रहरी, सशस्त्र प्रहरी, स्थानिय बुद्धिजिवि, भरभलादमी, स्थानिय अगुवाकार्यकर्ता सञ्चारकर्मीको उपस्थिति रहको थियो ।