काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका हुन् ।
बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली माइतीघरमा धर्ना दिईरहेका छन् ।
उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान गर्न माग गरेका थिए ।
गृहमन्त्रीले अधिकारकर्मीलाई यसअघि नै आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए । तर,अधिकारकर्मीले धर्नाको आन्दोलन कार्यक्रम जारी राखेका थिए ।