सप्तरी । ३ महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश बनाउने मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन् । आज(शनिवार) विहान सप्तरीको प्रसिद्द धार्मिक स्थल छिन्नमस्ता भगवति दर्शन गर्न आएका मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् ।
उहाँका अनुसार देशैभर क्यान्सर जस्तै मौलाईरहेको भ्रष्टाचार नियन्त्रण गर्न नसकेपनि मधेश प्रदेशलाई ३ महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश बनाईसकेपछि मात्र विकासिय कामलाई गतिदिने बताएका छन् । प्रदेश सरकार भन्दा संघिय सरकारमा बढि भ्रष्टाचार भईरहे पनि मधेशलाई बढि बदनाम गरिएको मुख्यमन्त्री यादवले आँैल्याएका छन् ।
साथै छिन्नमस्ताको विकासका लागि छिन्नमस्ता भगवति मन्दिरले माग गरेका विभिन्न विकासिय योजना भन्दा बढि विकासका काम हुने प्रतिवद्दता समेत गरेका छन् । छिन्नमस्ता भगवतिको पुजा पछि छिन्नमस्ता मन्दिर समितिले मन्दिरको विकासका लागि ज्ञापन पत्र बुझाएका थिए ।