काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उमेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
बिहीबार संसद्बाट बाहिरिने क्रममा ओलीले राष्ट्रपति कांग्रेसलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्नुभएको छ नि ? भन्ने प्रश्नमा ओलीले भने, ठिक छ राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रपतिमा एमालेले उमेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।
ओलीले सरकारलाई विश्वासको मत दिएर पनि कांग्रेस सांसदहरूले अनावश्यक सत्ता गठबन्धनको विरोध गरेको पनि बताए ।
कार्यकारीमा भोट दिन मिल्ने, पार्टी छानिछानी भोट दिन मिल्ने, सरकारलाई समर्थन गर्ने अनि अर्को पार्टीको विरोध गर्नुपर्ने रु राजनीतिक संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनियो । मैले पहिले संविधानमा नभएको कुरा किन संयन्त्र बनाउनुपर्यो भनेको कुरा स्मरण गर्दै पनि बोलेको सुनियो । यो त कांग्रेसले थालेको प्रचलन हो नि, ओलीले भने ।