काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको बताएका छन् ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको बताएका हुन् ।
राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ । हामी त्यो प्रयास जारी राख्छौँ,उनले भने । उनले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने बताए ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपति पदमा एमालेले उमेदवार उठाउने भन्दै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले राजनीतिक संयन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको समेत बताए ।