सप्तरी । राजबिराजमा मधेस जनबिद्रोहको महान सहिदहरुको सम्झनामा बलिदानी दिवसको अवसरमा जसपा आबद्ध युवानेताकार्यकर्ता, जनमत पार्टीका नेता, विद्यार्थी द्वारा मैनवती हातमा बालेर दशन चौक(नेता चौक) देखि गजेन्द्र चौकमा आएर शहिदहरु पर्ती मौन धारण,श्रद्धाञ्जली दिएका छन् ।
मधेस आन्दोलनका क्रममा सिरहा मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा हरेक वर्ष लहानमा बलिदानी दिवस मनाउने गर्छ । माघ ५ गते, मधेश आन्दोलनका सहिदहरुको सम्झनाको दिनमा मधेशवादी दल तथा मधेश प्रदेश सरकार विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएका छन् ।
वि.स. २०६३ माघ ५ गते का दिन सिरहा जिल्ला मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोले मधेशको लागि दिएको शहादतबाट मधेश आन्दोलनले उत्कर्ष उर्जा प्राप्त गरेको थियो । तसर्थ यो दिन नेपालको इतिहासमा खास गरेर मधेशी जनताको मानस पटलमा वलिदानी दिवसको रुपमा सदा सर्वदाका लागि दर्ज भएको छ ।
सप्तरीको राजविराजमा बलिदानी दिवस मनाएको छ । राजविराजमा आज दिउँसो मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सभा सदस्य, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने जनाएको छ ।