शुभ नारायण यादव, सप्तरी । २८५९औं सोनाम ल्होसारको अवसरमा अग्नि पिडित परिवारलाई राहत बितरण गरेको छ ।
एक अर्काको संस्कृति ,भाषा र भेषको सम्मान गरौंस्एक अर्काको सुखदुखमा सहयोग गरौं, सहभागी बनौं भन्ने उदेश्यले धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा सप्तरीको तिरहुत गाउपालिका ४ डिमनका अग्नि पिडित परिवारलाई एक कार्यक्रमका बिच राहत बितरण गरेका हुन् ।
डिमनका अग्निपीडितहरु हरेराम यादव, तेज नारायण यादव र ओम नारायण यादवका परिवारहरुलाई राहत स्वरुप त्रिपाल, झुल, तन्ना, कपडा र भाडाबर्तन लगायतका सामाग्रीहरू बितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई.सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत माघ ५ गते आगलागि हुदा चोपायाहरू जलेर मर्नुका साथै अनुमानित १० लाख भन्दा बढिको धनसम्पतिको क्षति भएको थियो । उक्त राहत बितरण कार्यक्रममा प्रहरी चौकी डिमनका प्रहरी सहायक निरीक्षक राजकिशोर कुमार यादव, प्रहरी बरीष्ट हवलदार पप्पू यादव, अजित नारायण यादव, राजकुमारी लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।