सप्तरी । नेकपा माओवादी केन्द्र छिन्नमस्ता गाउँपालिकाले संगठन सुदृढीकरण तथा जनसम्बन्ध अभियान सन्चालन गरेको छ ।
माओवादी केन्द्र छिन्नमस्ता गाउँ कमिटिको १६ गते बसेको वैठकको निर्णय अनुसार २१ गते शनिवार वडा नं १ वरहिविरपुरबाट संचालन भएको यो अभियान आज(सोमवार) वडा नं. ४ मा विभिन्न कार्यक्रम गरि संचालन भएको हो ।
संगठन सुदृढीकरण तथा जनसम्बन्ध अभियानका क्रममा पूर्वसिचाई मन्त्रि तथा नेकपा माओवादी केन्द्रका सप्तरी जिल्ला ईन्चार्ज उमेश कुमार यादवले जानकारी दिनुभएको छ । यादवका अनुसार संगठनलाई विस्तार पार्ने र राजनितिक वैचारिक प्रशिक्षरण द्धारा पार्टी पंति तथा जनतालाई अहिलेको परिवर्तन विरुद्धमा भईरहेको क्रियाकलाप प्रति सचेत बनाउँने उदेश्यका साथ अभियान संचालन गरिएको बताए ।
उहाँका अनुसार जनतासँगको सम्बन्ध निरन्तर बढिराख्ने र जनताको निगरानिमा हाम्रो पार्टी र पार्टीका नेता तथा निर्वाचित जनप्रतिनिधिहरु जनताको निगरानीमा बसिरहने अर्को उदेश्यले पनि यो अभियान संचालन गरिएको यादवको भनाई छ ।
मन्त्रि यादवका अनुसार पहिलो चरणमा पार्टीका नेता कार्यकर्तालाई पुनरजागरण गर्ने भने दोस्रो चरणको अभियानमा आम नागरिकलाई पनि सडक अभियानमा उतार्ने बताएका छन् । पहिलो चरणमा छिन्नमस्तामा फागुन १ गते सम्म संचालन हुनेछ । कार्यक्रममा ललन प्रसाद यादव, तेजनारायण यादव, शिवसंकर पण्डित, भुपेन्द्र यादव, विनोद यादव, शंम्भु खंग लगायतका स्थानिय माओवादी नेताहरुको उपथिति रहेको थियो ।
भिडियो सहितः तलको लिंकमा
https://fb.watch/iwPCBfQDzd/