रुपेश यादव, सप्तरी । नेपाली काङ्ग्रेसको सुभेक्छुक संस्था CDEN को दोस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
आज राजबिराज स्थित जिल्ला समन्वय समितिको सभा हलमा भएको उक्त कार्यक्रमले जिल्लाको लोकतान्त्रिक इन्जिनियरहरुको ११ सदस्यीय नया कार्यसमिति चयन गरेका हुन ।
लोकतान्त्रिक इन्जिनियर नेपाल सप्तरीको सभापतिमा रन्जन कुमार यादव सर्वसहमतबाट चयन भएका छ्न । त्यस्तै, उपसभापतिमा उमेश चन्द्र यादव, कोषाअध्यक्षमा शंकर प्रसाद ठाकुर, सह-सचिवमा गणेश कुमार, सचीवमा चन्दन कुमार यादव सहित ६ जना सदस्य सहित जिल्ला कार्यसमिति सर्वसहमतले चयन भएका छन ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति रामकुमार यादव, CDEN प्रदेश सभापति मनोज कुमार दास, कोषाअध्यक्ष, धनकिशोर साह, पार्थो सरकार लगायतको उपस्थिति रहेको थियोे ।।