सप्तरी । भेल्ही पिपराहीमा खाना बनाउँदै गर्दा एक महिला जलेर घाइते भएकी छिन् ।
आइतबार बिहान करिब ११ बजेको समयमा राजबिराज नगरपालिका १३ भेल्ही पिपराही बस्ने जितेन्द्र यादबको श्रीमती २५ वर्षीया द्रोपती देवी यादव जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरमा मोटोको चुलोमा खाना पकाउने क्रम्मा साडीमा आगो सल्की ढाड भन्दा मुनि पछाडीको भाग जलेर घाईते भएकी महिलालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।