सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ४ लालापट्टीमा सोमवारदेखि अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु हुनेभएको छ ।
महाशिव शिवरात्रिका अवसारमा करिब ५ वर्षदेखि कुस्ती हुन थालेको वडा अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिए ।
सुरुदेखिनै अन्तर्राष्ट्रिय स्तरका पहलमानहरू बोलाई स्थानीयहरूकै आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालित रहँदै आएको पनि पछिल्लो समय वडा कार्यालयको आर्थिक सहयोगमा कुस्ती प्रतियोगिताका भईरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
फागुन ८ गतेदेखि ११ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी गरिव २१ जना पहलमानको सहभागिता रहेको छ ।