राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप्र)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धारामा सोमबारका लागि बैठक बोलाइएको हो ।
बैठकमा राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारेमा छलफल तथा चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
राष्ट्रपतिका उम्मेदबार रामचन्द्र पौडेल र सुवास नेम्वाङ दुवैमा रास्वपा प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ ।
पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेपनि रास्वपाले चुनाववारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन ।