काठमाडौं । जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार १० वर्षमा हुने जनगणनामा २००९÷०११ मा २.७३ प्रतिशत पुगेको थियो । २०१८ मा फेरि १.३१ वृद्धिदरमा सीमित रहेको थियो । २०२८ देखि २०५८ सम्म नेपालको जनसंख्या वृद्धिदर २ प्रतिशतमाथि रहेको थियो ।
२०२८ मा २.०५ प्रतिशत, २०३८ मा २.६२ प्रतिशत, २०४८ मा २.०८ र २०५८ मा २.२५ प्रतिशतले जनसंख्या वृद्धिदर रहेको थियो । २०६८ मा १.३५ प्रतिशत वृद्धिदर रहेकोमा २०७८मा ०.९३ प्रतिशतमा सीमित छ ।
नेपालखबर