सप्तरी । नेपाल डेण्टल एसोसिएसन, सप्तरीले दात सम्बन्धिका बिरामी लाई नि:शुल्क स्वास्थ उपचार गरेका छन् ।
मंगलबार छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लालापट्टिमा सम्पन्न स्वास्थ शिविरबाट दात सम्बन्धिका एक सय भन्दा बढी बिरामीले स्वास्थ लाभ लिएको आयोजकले बताए ।
बिहान १०:३० बजेबाट सुरु भएको शिविरमा ६५ पुरुष र ४५ महिलाले स्वास्थ परिक्षणसंगै औसधि, ब्रश,पेस्टलगायतका सामग्री समेत निशुल्क पाएका थिए ।
एसोसिएसनले नि:शुल्क सन्चालन गरेको शिविरमा ३ जना चिकित्सकको टाेलि रहेको शिविरमा सहभागी डा. शुनिल कुमार सिंहले जानकारी दिए । एक दिने निशुल्क स्वास्थ शिविरमा डा.रुवि यादवसङै शिविर काेर्डिनेटर डा.दिव्या मेहताको सहभागी रहेको थियो ।