सप्तरी । जनता समाजवादी पार्टी (जसपा)को जिल्ला अध्यक्षलाई जिल्ला प्रहरी कार्यालय भित्रै इन्सपेक्टरले मुक्का प्रहार गरेपछि नेताकार्यकर्ताले जिल्ला प्रहरी कार्यालय राजविराज अगाडि टायरबालेर प्रदर्शन गरिहेका छन् ।
नागरिकको समस्या बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका जनता समाजवादी पार्टीका नेतालाई ईन्सपेक्टर नविन थापाले हातपात गरेको स्ववियु सभापति रंजित यादवले बताए ।
जसपाका जिल्ला अध्यक्ष केदार यादव प्रहरीको कुटाइबाट घाइते भएपछि जसपाका नेता तथा कार्यकर्ता प्रहरीविरुद्ध नाराबाजीमा उत्रिएका पछि अहिले प्रहरी कार्यालय अगाडि तनावग्रस्त अवस्था बनेको छ ।
पादक पदार्थ सेवन गरेर प्रहरीले ड्युटी गरेको उनीहरूको आरोप छ । उनीहरूले रक्सी खाएर ड्युटी गर्न पाइँदैन, प्रहरीलाई कारबाही गर, बार्खास्त गर भन्दै प्रहरी कार्यालयबाहिर नाराबाजी गरिरहेका छन्। घाईते यादवको सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।