राजविराज । सप्तरी जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरिएको विषयमा जनता समाजवादी पार्टी(जसपा)ले प्रहरी निरिक्षक नविन थापालाई वर्खास्त गरि थप सजयको लागि मुद्दा दायर गर्न जसपाले सरकारसँग माग गरेको छ ।
जसपाले प्रेस विज्ञप्ति जारी गरि उक्त घटनाको दोषी उपर कारवाहीको माग गरेका छन् । पार्टी प्रवक्ता मनिष कुमार सुमनले जारी गरेको विज्ञप्तिअनुसार , जनता समाजवादी पार्टी नेपालका सप्तरी जिल्ला अघ्यक्ष श्री केदार प्रसाद यादवलाई आज जि.प्र.का. प्रहरी निरिक्षक नविन थापाले गरिएको निर्घात कुटपिट, आक्रमण र अकारण थुन्ने प्रयासको जति निन्दा र भत्सॅना गरे पनि कमै छ।
आम जनको कामको सिलसिलामा जि.प्र.का. सप्तरी पुग्दा भेट्नु हुने प्र.नि. नविन थापाले सेवाग्रही लाई गर्नुपर्ने सुमघुर ब्यवहार एवं प्रहरी मर्यादा विपरित बिना कारण हाम्रा सप्तरी जिल्ला अघ्यक्ष श्री केदार प्रसाद यादवलाई अभद्र गाली गलौज सहित लात र मुक्काले निर्घात आक्रमण गरि सख्त घाईते बनाउनुका साथै हथकडी लगाई थुन्ने प्रयास जस्तोअति अभद्र कार्य गरेका छन।
जसपा नेपालका नेता तथा सप्तरी जिल्ला अघ्यक्ष श्री केदार प्रसाद यादव को शिघ्र स्वास्थ लाभको कामना सहित दोषि प्रहरी निरिक्षक नविन थापा लाई अविलम्व वखॉस्त गरि निज उपर कानुन अनुसार कडा सजाय सहित मुद्दा दायर गनॅ हुन सरकार संग मांग गदॅछौं जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिः.
(16) Facebook