सप्तरी । राजबिराज नगरपालिका-१५ देउरीभरुवामा बिहीबार दिउँसो आगलागीबाट घरसहित लाखौं रुपैयाँ बराबरको सामान जलेर नस्ट भएको छ । गहुँ दाउने गर्ने क्रममा थ्रेसरबाट आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षती भएका छन ।
धर्मदेव यादबले गहुँ थ्रेसरबाट दाउने गर्ने क्रममा सल्केको आगोबाट एक घर, छिमेकी नारायण मण्डलको ३ वटा घर र छोराले बिदेशबाट पठाइएका नगद १ लाख २५ हजार र घर भित्र रहेको लत्ताकपडा, खर-खाद्यान्न, फर्निचर लगायतका करिब ७ लाख बराबरको क्षती भएको हो ।
त्यस्तै, कुशे मण्डलका ३ वटा घर र घर भित्र हरेका लत्ताकपडा, खर-खाद्यान्न, फर्निचर लगायत करिब ५ लाख ५० हजार बराबरको क्षती भएको छ, त्यस्तै, छेवु मण्डलको २ वटा घर र घर भित्र रहेका लत्ता कपडा, खर-खाद्यान्न, फर्निचर र बिजुलीको मिटर समेत गरि ७ लाख भन्दा वढीको क्षती भएको जिल्ला प्रहरी कार्यालय राजबिराजले जानकारी दिए ।
आगोलाई दमकल, स्थानिय र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिएका सोही वडाका वडा अध्यक्ष ओम नारायण साहले बताए ।
थ्रेसरबाट आगलागी हुँदा २५ लाख बढीको क्षती
थ्रेसरबाट आगलागी हुँदा २५ लाख बढीको क्षती

तपाईको प्रतिक्रिया