रुपेश यादव, सप्तरी । छिन्नमस्ता गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरीलाई रोकिएको कित्ताकाट खोलाउन ज्ञापनपत्र बुझाएको छ ।
आज(बुधबार) नेपाली काङ्ग्रेस पार्टीका पालिका समिति सभापति कुलानन्द यादव सहित कार्यकर्ताहरुले रोकिएको कित्ताकाट खोल्न बाधक रहेको पालिकाले जग्गाको वर्गीकरण गरि किताकाट खोल्न पहल गरिदिनु माग गरेका छन ।
सभापति कुलानन्द यादवका अनुसार किताकाट नहुनुले बिद्यार्थिलाई पठनपाठनमा समस्या मात्र नभई बिवाह, जन्म, मृत्यु, बसाइँसराइ, श्राद्दमा समेत प्रत्यक्ष असर गरिएको बताए ।
ज्ञापनपत्र बुझेपछि गापा अध्यक्ष चौधरीले आजकै मितिबाट कार्यान्वयन गर्न प्रमुख प्रशासकिय अधिकृतलाई निर्देशन दिएकाछन । त्यस लगत्तै अध्यक्ष चौधरीले “किताकाट नरोकिकन पनि वर्गीकरणका कार्यलाई अगाडी बढाएको भए यो समस्या नै नबन्ने थियो ” नेपाल सरकारसङ गुनासो समेत गरेका छन ।