सप्तरी । नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज उमेश कुमार यादवले सङ्घियता विरुद्धमा सन्सदमा पनि आवाज उठन थालेको बताउनुभयाे ।
छिन्नमस्ता गाउँपालिकाको सभा हलमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र द्वारा नयाँ बर्ष २०८० सालकाे शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले साे कुरा बताउनुभएको हाे । यादवले संघीयताको बिराेधि षडयन्त्रहरु अझै पनि देशमा संघीयता कसरी फेल हाेस भनेर लागिपरेको बताए ।
प्रमुख अतिथिकाे आसन्नबाट बाेल्दे उहाले ३३ प्रतिशत महिला सहभागीता अहिले पनि भएको छैन भने, खाेइ १३ प्रतिशत दलितकाे सहभागीता भएको बताउनुभयो । उहाँले समाज अहिले कुन दिशा तर्फ उन्मुख हुदैछन त कुनै सरकारलाई त्यसतर्फ ध्यान गएको बताउदै उहाले गरिबी समस्या दिन प्रतिदिन बढ्दैगएको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र छिन्नमस्ता गाउपालिकाकाे आयाेजनामा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा समाजसेवी कामेश्वर यादव, माओवादि निकट वाइसिएलका बिनाेद कुमार यादव , छिन्नमस्ता गाउँपालिका अध्यक्ष विघानन्द चौधरी , गाउँपालिकाकि उपाध्यक्ष राजाे देवि यादव, वडाअध्यक्षहरु ललन प्रसाद यादव , अच्छेलाल यादव , शिवशङ्कर पण्डित लगायतकाहरुले आ-आफनाे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रम नेकपा माओवादि केन्द्र छिन्नमस्ता गाउँपालिकाका संयोजक तेज नारायण यादवकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा दर्जनौं नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियाे ।