राजविराज । मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले कर्मचारी अभावका कारण प्रदेश सरकारले थालेको कार्यहरुलाई पूर्णता दिलाउन कठिनाई भइरहेको बताएका छन् ।
आइतबार सप्तरीको राजविराजमा मन्त्री कलवारले पत्रकारहरुसँग भेटघाट कार्यक्रममा मन्त्रि कलवारका अनुसार अपेक्षा गरेअनुसार कार्य गर्न सक्ने जनशक्ति नरहेको बताए, जसको प्रमुख कारण कर्मचारी अभाव हो । उनले भने, ‘हाम्रै मन्त्रालयमा २५ जना कर्मचारी हुनुपर्नेमा ४ जना कर्मचारीको भरमा पुुरै मन्त्रालय चलिरहेको बताए ।
त्यस्तै, मन्त्री सिंगासन सा कलवारले शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएमको व्यवस्था गर्न लागेको बताए । प्रदेशभरि ठाउँ–ठाउँमा शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएम मेसिन लडान गर्ने तयारीमा लागेको बताएका हुन् ।
’मेसिनबाट प्रतिघण्टा १ हजार लिटर मिनिरल वाटर प्राप्त गर्न सकिन्छ’, उनले भने ‘भर्खरै छिन्नमस्ता गाउँपालिका पुगेर आए, त्यहाँ पनि एटिएम प्लान्ट स्थापना गर्ने छौं ।’ भारतको विभिन्न स्थानमा त्यस्तो प्रविधि ल्याइसकिएको बताउँदै मन्त्री कलवारले भने, ‘भारतमा सो खानेपानी सशुल्क रहेपनि यहाँ हामी जनताको सुविधाका लागि निःशुल्क राख्नेछौं ।’
उनले अबको तीन वर्षभित्र प्रदेशभरिका सर्वसाधारण जनतासमक्ष शुद्ध एवम् स्वच्छ खानेपानी पुर्याइसक्ने लक्ष्य रहेको बताए । ‘स्वच्छ खानेपानीको योजना थालिसक्यौं, र अबको तीन बर्षभित्र मधेश प्रदेशभरिका जनतासमक्ष शुद्ध, सफा र स्वच्छ खानेपानी पुर्याइसक्ने छौं ।’
कार्यक्रममा निर्वतमान अर्थ मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का नेता शैलेन्द्र प्रसाद साह, जसपाका युवा नेता एवम् निवर्तमान प्रदेश सांसद विदेश्वर प्रसाद यादव (विक्की), जसपा नेता सत्यनारायण यादव, युवा नेता संजय यादव, तारकेश्वर यादव, उमेश यादव, लगायतको उपस्थिती थियो ।