राजविराज । सप्तरी सदरमुकाम राजविराजमा भ्रष्टाचार विरुद्धमा प्रदर्शन गरिएको छ । आज साझः राजविराज दसन चौक (नेता चौक) मा संस्थागत भ्रष्टाचार विरुद्ध नागरिक खबरदारी तथा भण्डाभोर कार्यक्रममा नागरिक समाज, नेपालले हाता विभिन्न भष्टाचार विरुद्धको नारा सहितको पोष्टर लिई प्रदर्शन गरेका हुन ।
वाईडवडी काण्डमा ४ अर्ब घोटाला, एनसेल काण्डमा ६२ अर्ब घोटाला, बुढि गण्डकी परियोजनामा ८ अर्ब घोटाला लेखिएको पर्चा सहित नागरिक समाज नेपालले प्रदर्शन गरेका छन् ।
नागरिक समाज, नेपालका अनुसार ५० औँ लाख युवाहरुलाई मताधिकारबाट बञ्चित गर्ने, सात लाख मधेशीहरुलाई नागरिकताबात बञ्चित गर्ने, राजनितिको चरम व्यापारीकरण गर्ने, दलिय निरंकुशता र स्वच्छेचारिता लादने काम मात्र अहिले भईरहेकको संयोजक कुमार कमलेन्द्रम्ले बताए ।
कमलेन्द्रम्का अनुसार मुल मद्दा र सिद्धान्तको राजनिति छाडेर मात्र सत्ता, सरकार र निहित सवार्थका लागि गठबन्धन गर्ने, गठबन्धनको नामा उत्पिडित प्रतिनिधित्वलाई उपेक्षा गर्ने, चुलिदो महंगीको नियन्त्रण गर्न नसक्ने, राईट टु रिजेक्ट र राईट टु रिकल को व्यवस्था नगर्ने आदि कारणले लोकतन्त्र त संकटमा छदैछ वैज्ञानिक समाजवादमा पनि पुग्न नसक्ने प्रदर्शनको क्रममा बताएका हुन् ।