सप्तरी । राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसमा भएको आगजनि गर्ने उपर कार्वाहि गर्न माग गरेको छन् ।
बुधवार राति ८ः३० बजेको क्याम्पसको हाता भित्र रहेको हरित गृह पार्कमा आकस्मिक आगजनि गर्ने उपर कार्यवाहि गर्न स्वतन्तत्र विद्यार्थी युनियनले कडा कार्वाहि गर्न क्याम्पस लगायत जिल्ला प्रशासन, जिल्ला प्रहरीसँग प्रेसविज्ञपति मार्फ माग गरेका छन् । सहायक क्याम्पस प्रमुख रामअशिष यादवका अनुसार क्याम्पसमा आगजनि गर्ने जोकोहिलाई कानुनि दायरामा ल्याई कडा गर्न क्याम्पसले कानुनी प्रक्रिया बढाई सकेको बताए ।
मविव क्याम्पस स्ववियु सभापति रंजित यादवले निकालेको विज्ञपप्तिमा “हिजोराति करिब ८ः३० बजेको समयमा क्याम्पस हाता भित्र रहेको हरित गृह पार्कमा आकस्मिक आगजनि भएको र उक्त हरितपार्क भित्र रहेको फुलविरुवाको बोट तथा चाईनिज घास पूर्ण रुपमा नष्ट भएको र उक्त आगो हामी विद्यार्थी युनियनका साथिहरु एवमं विद्यार्थी तथा प्रहरी प्रशासन तथा क्याम्पस प्रशासन र स्थानियको सहयोगमा आगो निभाउन सफल भएका थियौँ यदि समयमा आगो ननिभाएको भए क्याम्पसको ठुलो क्षति हुने थियो यस्तो आगजनि कस्ले कसको निर्देशनमा नियोजित ढंगले लगाएको हो सोको अविलम्ब छानविन होस् । यस्तो विद्याको मन्दिरमा लाखौँ विद्यार्थीको भविष्यसंग जोडिएको सप्तरीको पुरानो तथा ऐतिहासिक क्याम्पसलाई यसरी आगजनि गरी नष्ट गर्ने प्रयास गर्ने दोषि उपर अविलम्व छानविन र कार्वाहि होस भनि हामी स्वतन्त्र विद्यार्थी युनियन जोडदार माग गर्दछौँ” भनिएको छ ।