सप्तरी । राजविराज नगरपालिकाले ऐनविपरीत ज्यालादारीमा नियुक्त गरेका कर्मचारी हटाउने निर्णय गरेको छ।
ऐनविपरीत ज्यालादारीमा नियुक्त विषयलाई लिएर विभिन्न संचार माध्यम तथा जनस्तरदेखि नै विरोध भएपछि नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत गरेको कर्मचारी भर्ना हटाउने निर्णय गरेको प्रवक्ता जयनारायण मण्डलले जनाएका छन् ।
नगरप्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित भए पश्चात कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले आफूखुसी कर्मचारी भर्ना गरेकी थिइन् ।