खुल्यो जग्गा कित्ताकाट, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय
सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जनाएका छन् ।
यसअघि रोकिएको कित्ताकाट खुला गर्ने बताइए पनि प्रक्रिया नपुगेको भन्दै रोकिएको थियो। मंगलबारको मन्त्रिपरिषद् बैठकले भने सबै कित्ताकाट खुला गर्ने निर्णय गरेको मन्त्री रिजालले बताए ।
कित्ताकाट खुला नहुँदा देशैभरका घरजग्गा बिक्री वितरण रोकिएको थियो।
पत्रपत्रिका