महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको ६७औँ वार्षिक दिवस सम्पन्न
राजविराज । सप्तरीको राजविराजस्थित रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविब क्याम्पस)को ६७औँ वार्षिक दिवस सम्पन्न भएको छ। मंलगवार सम्पन्न ६७औं क्याम्पस दिवसका अवसरमा सहायक क्याम्पस प्रमुख रामअशिष यादवले विद्यार्थीहरुलाई राजनितिमा भन्दा पठनपाठनमा बढि ध्यान दिन आग्रह गरेका छन् ।
यादवका अनुसार राजनितिमा भन्दा पढनपाठनमा बढि जोरदिए क्याम्पस र विद्यार्थी दुवैको भविष्यमा आमुलपरिवर्तन आउने बताए । उनका अनुसार वार्षिकोउत्व भव्यतापूर्ण नहुनुमा विभिन्न कारण रहेकोले विद्यार्थी, उपस्थित प्राध्यापक, स्ववियुको उपस्थितिमा मात्र साधारण समारोह नै समेट्नु परेको बताए । भने स्ववियु सभापति रंजित यादवले क्याम्पस दिवस औपचारिक रुपमा भव्यताका साथ नहुनुमा दुःख प्रकट गरेका छन् र क्याम्पस प्रमुखले यसको जवाफ नदिए संघर्षमा जाने बताए ।
६७ साल अगाडि आजकै दिन तत्कालिन खडकपुर निवासी शिक्षाप्रेमी विन्देश्वरी प्रसाद यादवको सहयोगमा २०१४ सालमा क्याम्पस स्थापना भएको हो। क्याम्पस स्थापनाका लागि लागि यादवले तत्कालीन समयमै १ सय १७ विघा १७ कठ्ठा ६ धुर जग्गा र १० हजार रुपैयाँ नगद सहयोग गरेका थिए।
भारतको पटना विश्वविद्यालयबाट स्वीकृति लिएर स्थापित क्याम्पसलाई त्यसको केही समयपछि नै नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रविणता प्रमाणपत्र तह(आइए) को पठनपाठनको स्विकृति प्रदान गरेको थियो। हाल मानविकी, कानुन, विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायको अध्ययनअध्यापन भइरहेको छ।