शिक्षक पुर्तिको माग गर्दै वडा अध्यक्षलाई ज्ञापनपत्र
सप्तरी । शिक्षक पुर्तिको माग गर्दै विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा विद्यार्थीहरुले नारावाजी गर्दै वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । आज छिन्नमस्ता गाउँपालिका वडा नं. स्थित रहेका वरहि आधारभुत विद्यालयका विद्यार्थी, विव्यय समित तथा अभिभावकहरुले विद्यालयमा अपुग शिक्षकको माग गर्दै नारावाजी सहित वडा अध्यक्ष ललन प्रसाद यादवलाई अविलम्व शिक्षक व्यवस्थापन गर्न ज्ञापनपत्र दिएका हुन् ।
विद्यालय व्यवसथापन समितिका अध्यक्ष लालबहादुर यादवका अनुसार ८ कक्षा सम्म पढनपाढन हुने यस विद्यालयमा स्थायी प्रा.वि शिक्षक ३, राहत २, निजि स्रोत १ र बालविकास शिक्षिका १ जनाले मात्र विद्यालयमा कक्षा संचालन गर्न समस्या भईरहेको बताए । उहाँका अनुसार वि.सं.२०१२ सालमा स्थापना भएको वरहि आधारभुत विद्यालयमा जम्मा विद्यार्थी संख्या ३ सय ९१ रहेका छन् ।
कक्षा १–५ सम्म ५ जना शिक्षक हुनुपर्नेमा ३ जना, कक्षा ६,७ र ८ मा एक जना शिक्षकले मात्र रहेको हुनाले विद्यार्थीहरुलाई पढनपाढनमा समस्या भईरहेको बताउँदै तत्काल कम्तिमा ५ जना शिक्षक व्यावस्था नभए विद्यार्थी अभिभावक सहित चरणवद्ध आन्दोलनमा जाने विव्यस अध्यक्ष यादवले चेतावनी दिएका छन् ।
ज्ञापनपत्र बुझ्दैँ वडा अध्यक्ष ललन प्रसाद यादवले अपुग शिक्षकको पुर्ति गर्न गाउँपालिकाको कार्यपालिका वैठकमा गाउँपालिका अध्यक्ष समक्ष जोडदार माग गर्ने विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई आश्वासन दिएका छन् । वडा अध्यक्ष यादवका अनुसार शैक्षिक वातावरणलाई सुधार गर्न, शिक्षक पुर्ति गर्न पहलमात्र नगरि विद्यार्थी, अभिभावकहरुसँगै आन्दोलननै गर्नुपरे गर्न तयार रहेको बताए ।