सुनसरी । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीमा कार्यरत दुई जना कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० हजार घुससहित नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई शुक्रबार अख्तियारको ईटहरी टोलीले पक्राउ गरेको छ ।
घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रकम लिइसकेको अवस्थामा बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोक नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।