समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको निधन,हिन्दू पराम्पराअनुसार अन्त्येष्टि गरे
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ । करिब डेढ महिनादेखि काठमाडौंमा उपचाररत यादवको मंगलबार राति पौने १२ बजे निधन भएको सवियुनियनका केन्द्रीय अध्यक्ष रमेश यादवले जानकारी दिए । ३८ वर्षीय यादव मंगलबार दिउँसो नर्भिक अस्पतालबाट वीर अस्पतालमा रिफर भएका यादवको वीर अस्पतालमा निधन भएको हो ।
अल्पायुमै भएको यादवको निधनले पार्टी र जसपा पार्टीलाई क्षति भएको जसपाका नेताहरु बताउँछन् ।केन्द्रीय अध्यक्ष रमेश यादव उनका अनुसार यादव आन्दोलनको जायज मागको अगुवाई, पार्टीप्रति लगनशील, इमानदार र सहयोगी भावनाका व्यक्ति थिए ।
उनको बुधबार दिउँसो १ बजे हिन्दू पराम्पराअनुसार अन्त्येष्टि गरेकाछ्न। मधेश आन्दोलनमा सक्रिय रहेका यादव राष्ट्रिय जनता पार्टी नेपाल हुँदै जनता समाजवादी पार्टी नेपालमा आबद्ध भएका थिए । बाराको परवानीपुर गाउँपालिका– ३ निवासी थिए ।