पहिचान र अधिकारको मुख्य लडाइँ अझै बाँकी नै छः राजकिशोर यादव
बृजमान तामाङ, सप्तरी । जसपा नेपालका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् पुर्ब मन्त्री राजकिशोर यादवले पहिचान र अधिकार प्राप्तिको मुख्य लडाइँ अझै बाँकी नै रहेको बताएका छन् । जसपा सप्तरीको कार्यालय राजविराजमा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले पहिचान र अधिकार सुनिश्चितताको लागि अन्तिम लडाइँ लड्न अझै बाँकी नै रहेकोले एकताबद्ध भएर सक्रियता पुर्वक संगठन निर्माणमा लाग्न नेताकार्यकर्तालाई आग्रह गरे ।
एकल जातीय शासन व्यवस्था अन्त्य नभएसम्म संघर्ष जारी राख्नु पर्नेमा जोड दिदै नेता यादवले संघीयता, पहिचान, प्रतिनिधित्व र समान अधिकार सहितको शासन व्यवस्था संस्थागत नभएसम्म निरन्तर लडाइँ लड्नुपर्ने जिकिर गरे । उनले देश संघीय प्रणालीमा गएपनी बंशीय शासन व्यबस्था अझै कायम रहँदा संघीयता कार्यान्वयन चुनौती रहेको उल्लेख गरे ।
कठोर आन्दोलनको फलस्वरूप रुपमा परिबर्तन भएको छ, तर हामीले खोजेको परिबर्तन हुन सकेन, नेता यादवले भने, हामीले चाहेजस्तो नभएपनि देश संघीय प्रणालीमा प्रवेश भएको छ, यसलाई उपलब्धि कै रुपमा लिनुपर्छ, तर संघीयताको भावना अनुसारको नीति कार्यक्रम तथा योजना नआउँदा परिवर्तनको अनुभुती अझै जनताले गर्न पाएको छैन ।
बंशीय व्यवस्था समाप्त भएपनि समृद्ध राष्ट्र र समाज निर्माणको आन्दोलनको प्रमुख उदेश्य पूरा नभएकोले अझै अन्तिम लडाइँ लड्नु आबश्यक रहेको उनको भनाइ थियो । जनता समाजवादी पार्टीका नेताकार्यकर्ता अनुशासित भएर मुल उदेश्य प्राप्त गर्न लागेकोले राष्ट्र निर्माणको अभियानमा जनताको पुर्णसाथ सहयोग पाउनेमा उनले विश्वास व्यक्त गरे । अधिकार प्राप्तिको आन्दोलनको केन्द्र विन्दु सप्तरी रहेको बताउदै नेता यादवले जिल्लाबासी जनताको योगदानलाई इतिहासले सधै स्मरण गरिरहने बताए ।
उनले मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला, पछाडि परेको क्षेत्रको खसआर्य ,अल्पसंख्यक समुदायलगायतका विभेद, भेदभाव र अन्यायमा परेको जाति समुदायको हक अधिकार स्थापित गर्न पार्टी प्रतिबद्ध रहेको दावी गरे ।
उक्त भेटघाट कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम् समाजबादी महिला संघ सप्तरीको अध्यक्ष रमिला साह, मधेस प्रदेश मुख्यसचिव दिनेश कुमार यादव, प्रदेश सदस्यहरु राम अवतार यादव, मनोज यादव ९प्रभाकर०, प्रदेश सदस्य तथा समाजबादी विद्यार्थी युनियन मधेस प्रदेशको अध्यक्ष दिपेश यादव ,प्रदेश परिषद सदस्य नबनित झा, जसपा सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादव , उपाध्यक्ष हरेराम यादव, सचिब हरेराम यादव, उपसचिव शम्भु कुमार यादव, प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, जिल्ला कार्यकारिणी समिति सदस्य बिनोद चौधरी, लक्ष्मण यादव , राजेश्वर राय ,राजविराज नगरपालिका (२ का वडा अध्यक्ष अरुण कुमार यादव , राजबिराज ३ का अध्यक्ष अनिल दास गुड्डु, राजबिराज वडा (४ का अध्यक्ष दिनेश कुमार साह कसेरा, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादव, राजबिराज नगर सचीव शैलेन्द्र यादव लगायत विभिन्न भातृसंगठनका केन्द्र, प्रदेश, जिल्ला तहका नेताकार्यकर्ताको उपस्थिति रहेको जसपा प्रचारप्रसार विभाग सप्तरीले जनाएको छ ।